२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता लागू हुनुअघि सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर हुँदै



अ+ अ-

कैलाली । नेपाली कांग्रेसलाई समेत सहभागी गराई सुदूरपश्चिम प्रदेश सरकार पूर्नगठन गरिने भएको छ ।

सत्ता गठबन्धनमा भएर पनि सरकारमा सहभागी नभएको नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि दुई मन्त्री र एक राज्यमन्त्री दिएर प्रदेश सरकारमा सहभागी गराउन लागिएको हो ।

समाजवादीको तर्फबाट सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा‍ रणबहादुर रावललाई ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको ठाउँमा कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहरालाई ल्याउने तयारी भइरहेको छ भने सामाजिक विकास राज्य मन्त्री मना साउदको ठाउँमा कांग्रेस सचेतक टेक बहादुर रैकालाई ल्याउने तयारी भइरहेको छ ।