१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै



अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो ।

कम्पनीले यस वर्षको दसैंमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दसैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले यो दसैंमा च्यांग्रा नल्याएर २ हजार खसीबोका मात्र ल्याउने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सूचना अधिकारी सुवेदीले कम्पनीले ८ सय खसीबोकी तुल्सीपुर र १२ सय खसीबोका वीरगन्जबाट ल्याउन लागेको बताइन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यापार कम्पनीले दसैंमा बर्सेनि काठमाडौं उपत्यका खसीबोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । दसैंको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगियून् भन्ने उद्देश्यले कम्पनीले दसैंमा खसीबोका बिक्री विभिन्न जिल्लाबाट ल्याएर बिक्री गर्दै आएको हो । व्यापार कम्पनीले अघिल्लो दसैंमा १ हजार ५ सय १० वटा खसी बोका ल्याएको थियो ।

व्यापार कम्पनीले अघिल्लो दसैंमा १६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भए पनि १ हजार ५ सय १० वटा मात्र खसीबोका ल्याएर बिक्री गरेको थियो । खाद्य व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले यो वर्षमा किसानको गोठमा नै च्यांग्रा नपाउँदा यो दसैंमा कम्पनीले च्यांग्रा बिक्री गर्ने कार्यक्रम स्थगित गरेर खसीबोका मात्र बिक्री गर्ने बताइन् ।

कम्पनीले अघिल्लो दसैंका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्र्रा ल्याउन बजेट छुट्याएको थियो । १६ सय वटा खसीबोका ल्याउने योजना बताइएको थियो भने १४ सय च्यांग्रा ल्याउने योजना बताइएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सय वटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

सूचना अधिकारी सुवेदीका अनुसार दसैंमा आउने खसीबोकाको प्रतिकेजी मूल्य कति हुन्छ निर्धारण भने भइसकेको छैन । काठमाडौं उपत्यका खसीबोका आउने केही दिनमा अघि मात्र थाहा हुन्छ । अहिले जिल्लामा किसानसँग खसीबोका संकलन गर्ने कार्य भइरहेको सूचना अधिकारी सुवेदीले बताइन् । दसैंका लागि ल्याउने कम्पनीका खसीबोका घटस्थापनाको आसपासमा काठमाडौं उपत्यका भित्रिने सुवेदीले जानकारी दिइन् । कम्पनीले खसीबोकाको प्रतिकेजी निर्धारण भएको मूल्यमा १० रुपैयाँ छुट गरेर उपभोक्तालाई बिक्री गर्नेछ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।