१ आश्विन २०८३, बिहीबार
,
Latest
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कमल थापा नेतृत्वको पार्टीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि घोषणपत्र सार्वजनिक गरेको हो ।

यससँगै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल समेत बनेको छ । घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।

कमल थापाले गत फागुन ७ गते राप्रपा नेपाललाई ब्युँताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो पार्टीमा हस्तक्षेप गरेको गुनासो गर्दै पार्टी पुनर्गठन गरेका थापाले राजतन्त्रको एजेन्डालाई भने औपचारिक रुपमै परित्याग गरेका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौँमा ‘शक्ति प्रदर्शन’ गरेकै दिन राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रबार घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।

यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने उल्लेख गरेको छ । यस्तो मान्यता अरु कुनै पनि पार्टीहरुले दिएका छैनन् ।

राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।




भर्खरै