२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया–रणबीरमध्ये को बढी धनी ?



अ+ अ-

एजेन्सी । आलिया भट्ट र रणवीर कपूर बलिउडको हट कपल हुन् । आलिया र रणबीर लामो समयदेखि एकअर्कालाई डेट गर्दै आएका छन् भने अहिले दुवै आफ्नो विवाहलाई लिएर चर्चामा आएका छन् । यी दुईको वैवाहिक समारोह १४ अप्रिलदेखि १७ अप्रिलसम्म हुने बताइएको छ ।

यी सबै खबरको बीचमा आज आलिया भट्ट र रणबीर कपुरको नेटवर्थको बारेमा चर्चा गरौं जसबाट तपाईले दुई मध्ये को धनी भन्नेबारे थाहा पाउनुहुनेछ ।

आलिया भट्टको सम्पत्ति
आलिया भट्ट धेरै हिट फिल्ममा काम गरिसकेकी छिन् भने बलिउडका शीर्ष अभिनेत्रीको सूचीमा परेकी छिन् । आलिया करोडौंको सम्पत्तिकी मालिक हुन् । एक रिपोर्ट अनुसार आलिया भट्टको सन् २०२१ सम्ममा कुल सम्पत्ति १६२ करोड रहेको छ ।

आलियाले हरेक महिना ६० लाख रुपैयाँ कमाउने र एक फिल्मका लागि करिब ८–१० करोड भारु लिने गरेको दाबी गरिएको छ । फिल्मका अलावा आलिया भट्टले विज्ञापन, ब्रान्ड आदिबाट पनि मनग्य आम्दानी गर्छिन् ।

रणवीर कपूरको कुल सम्पत्ति
आलिया भट्ट पक्कै पनि एकपछि अर्को हिट फिल्ममा काम गरिरहेकी छिन् तर यसका बाबजुद रणवीर कपुर आफ्नी प्रेमिकाभन्दा धनी छन् । एक रिपोर्टका अनुसार सन् २०२१ सम्म रणवीर कपुर ३३० करोडको सम्पत्तिका मालिक थिए । रणवीरले एउटा फिल्मका लागि ७ देखि ८ करोड भारु पारिश्रमिक लिने गरेका छन् । फिल्मका अलावा रणवीर कपुरले विज्ञापन, ब्रान्ड आदिबाट पनि मनग्य आम्दानी गर्छन् । रणवीरले ब्राण्ड एन्डोर्समेन्टका लागि १ करोड भारु लिन्छन् ।

आलिया भट्ट र रणवीर कपुर दुबै महँगो गाडीको लागि विलाशी छन् । आलियाको कार कलेक्शनको कुरा गर्दा अभिनेत्रीसँग नयाँ अडी क्यू ७, अडी क्यु ५, अडी ए६, बीएमडब्ल्यू ७ सिरिज, ल्यान्ड रोभर, रेन्ज रोभर, भोग जस्ता गाडी छन् । रणवीरसँग रेन्ज रोभर वोग, अडी आर ८, मर्सिडीज जी ६३, रेन्ज रोभर स्पोर्ट जस्ता धेरै गाडी छन् ।

आलिया र रणवीरको आगामी प्रोजेक्टहरू
आलिया भट्ट र रणवीर कपुरको हातमा धेरै फिल्म छन् । सेप्टेम्बर ९ मा रिलिज हुन लागेको फिल्म ‘ब्रह्मास्त्र’ मा यी दुई पहिलो पटक सँगै देखिनेछन् । यसबाहेक आलिया भट्टसँग ‘रकी और रानी’, ‘तख्त’, ‘डार्लिंग’ जस्ता फिल्महरू छन् । यस्तै, रणवीर कपूर ‘एनिमल’, ‘शमशेरा’ र लव रञ्जनको अनटाइटल्ड फिल्ममा देखिनेछन् ।