२० माघ २०८१, आईतवार
,
Latest
एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति धर्मशाला: गेट भित्र बतासकाे टाेली, बन्द गराउन गएका सरकारी टोली बाहिरै



अ+ अ-

काठमाडौँ । बतास समूहले सरकारी टोलीलाई पशुपति धर्मशालामा प्रवेश गर्न रोकेको छ । सो समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आएको छ । बतासले सरकारी टोलीलाई धर्मशालाको गेटमै रोकेको हो ।

धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेटबाहिरै रोकिएका थिए ।

सरकारी टोली प्रवेश गर्नेक्रममा दुवै पक्षबीच केहीबेर भनाभनसमेत भएको थियो । कानूनी उपचारको प्रक्रियामा रहेकोले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्न आग्रह गर्दै बतास समूहका प्रतिनिधिले सरकारी टोलीलाई परिसर प्रवेश गर्न रोकेका थिए ।

तर सरकारी टोली आफ्नो सम्पत्ति हेर्न पाउनु पर्ने भन्दै परिसरभित्र प्रवेश गर्न खोजेका थिए ।

पशुपति क्षेत्र विकास कोषले सम्झौताअनुसार काम नभएको भन्दै यही चैत १७ गते बतास समूहले गौशालास्थित पशुपति धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँगको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

तर कोषले सम्झौता भङ्ग भएको भनी जानकारीसहितको पठाएको पत्र बतास समूहले लिन मानेको थिएन । पत्र लिन नमानेपछि कोषले सोमबार सार्वजनिक सूचना निकाल्दै होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला खाली गर्न र धर्मशालाभित्र रहेका सामान निकाल्न भनेको थियो ।

बतास समूहले अहिलेसम्म भवन खाली गरेको छैन । त्यसपछि सरकारी टोली शुक्रबार होटलमा ताला लाउन आएको भन्दै बतास समूहले गेटबाट प्रवेश गर्नै नदिएको हो ।