
काठमाडौं । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउनु पर्ने माग गर्दै दायर रिटमा आज सुनुवाई हुँदैछ ।
अख्तियारले दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई मुद्धा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो । पटक पटक पेशीमा राखिएपनि सुनुवाई भएको थिएन ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुन लागेको हो ।