२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौ । स्वास्थ्यमा केही समस्या आएपछि अस्पताल भर्ना हुनु भएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  आज डिस्चार्ज हुनु भएको छ ।

यहि असोज १३ गते बेलुकी  त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएका नेपाल स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको उहाको सचिवालयले जनाएको छ ।

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने पनि उहाँको सचिवालयले जनाएको छ ।