७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

नेता सिंहको नेताहरुले पदमा पुगेकाहरुको चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो

नेता सिंहको नेताहरुले पदमा पुगेकाहरुको चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसकेपनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको छ ।

सोमबार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उहाँले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको हो । 

उहाँले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली काँगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताउनुभयो । उहाँले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताउनुभयो । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताउनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘पार्टीको हाम्रो १४ औँ महाधिवेशनको प्रक्रिया शुरु भइसकेको छ,शुरु भएर पनि यसपटक महाधिवेशनको प्रक्रिया शुरु भइसक्यो तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन,१३ औँ महाधिवेशन जो नेतृत्व सम्हालेर बसिरहनुभएको छ,उहाँहरुले पार्टीको विधानअनुसार बहन गर्नसक्नु पर्ने काम उहाँहरुले गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरुले प्रमाणित गरिरहेको छ, नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकोले धाँदलीरहीत हुनुपर्नेमा जिल्लामा अहिले क्रियाशील सदस्यतामा जुन तलमाथि गर्ने, विधि प्रक्रिया पूरा नगरीकन गर्ने यस्तो बढी भइरहेको छ, दुःख लाग्ने कुरा केन्द्रिय सभापतिजीको जिल्लामा नै जिल्ला कार्यसमितिले गरेको निर्णयको खिलाफमा, जिल्ला कार्यसमितिलाई समावेश नै नगरी एकदौटी किसिमले निर्णय गर्ने, त्यसैले डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन, डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेका छन्,गर्न नहुने काम आफूले गर्ने,कसैले बोल्नै नपाउने भन्ने ? सिनियर लिडरहरुले त अनावरत रुपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’

नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गर्नुभयो । उहाँले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।