२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगसमक्ष प्रकाण्डको चुनावमा भाग लिने वातावरण बनाउन माग



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन माग गरेको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले बिहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन माग गरेको हो।

प्रकाण्डले आफ्नो पार्टीले निर्वाचनमा भाग लिने तर त्यसका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर दिन माग गर्नुभएको छ । उहाँले आयोगमा दल दर्ताका लागि पनि प्रकाण्डले समय माग गर्नुभएको छ ।

सो पार्टीले पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने माग राखेको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिकरूपमै टुङ्गो लागिसकेको जानकारी दिनुभयो ।

बन्दी रिहाइ आयोगले नभई सरकारले गर्ने उहाँले बताउनुभयो । दल दर्ताका लागि समय दिएको बेला विप्लव नेतृत्वको नकेपा आयोगमा दर्ता गर्न गएको थिएन ।