३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगसमक्ष प्रकाण्डको चुनावमा भाग लिने वातावरण बनाउन माग



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन माग गरेको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले बिहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन माग गरेको हो।

प्रकाण्डले आफ्नो पार्टीले निर्वाचनमा भाग लिने तर त्यसका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर दिन माग गर्नुभएको छ । उहाँले आयोगमा दल दर्ताका लागि पनि प्रकाण्डले समय माग गर्नुभएको छ ।

सो पार्टीले पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने माग राखेको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिकरूपमै टुङ्गो लागिसकेको जानकारी दिनुभयो ।

बन्दी रिहाइ आयोगले नभई सरकारले गर्ने उहाँले बताउनुभयो । दल दर्ताका लागि समय दिएको बेला विप्लव नेतृत्वको नकेपा आयोगमा दर्ता गर्न गएको थिएन ।