
काठमाडौं । मेरिकी राजदूत र्यान्डी बेरी र परराष्ट्रमन्त्री नारायण खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा अमेरिकी राजदूत बेरी र परराष्ट्रमन्त्री खड्काबीच भएको भएको भेटमा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्काले कोभिड १९ महामारीविरुद्ध लड्नमा अमेरिकाले गरेको सहयोगप्रति आभार व्यक्त समेत गरेका थिए ।