३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ



अ+ अ-

एड्डिस अबाबा । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल ९पाँच वर्षको० लागि सोमबार शपथ लिएका हुन् ।  

जुन महिनामा  प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ।

अबीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश मेजा आशेनाफीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। संसद्को तल्लो सदनका सभामुख र उपसभामुखले पनि सोमबार शपथ लिएका छन् । (रासस-एएफपी)