• ३ श्रावण २०८१, बिहीबार
  •      Thu Jul 18 2024
  •   Unicode
Logo
Latest
★   एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ ★   चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन ★   प्रतिनिधिसभाको १५ दिने क्यालेन्डर: ६ दिन संसद बैठक, ३ दिन समितिलाई ★   नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ: उपप्रधानमन्त्री पौडेल ★   मधेस प्रदेश: सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको बैठक जारी ★   झापामा गत आर्थिक वर्षमा चार हात्ती मरे ★   प्राकृतिक जीवाणु मलको माग बढ्यो ★   अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु ★   देशको अवस्था बदल्नुपर्छ: प्रधानमन्त्री ओली ★   आठबिसकोटमा खोलाले बगाउँदा एकजनाको मृत्यु

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको आधिकारिक जानकारी पाएको छैनः प्रवक्ता खड्का



पोखरा । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको छ ।

मंगलबार (हिजो) अपरान्ह मन्त्री गुरुङले उहाँकै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उहाँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनु भएका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने भन्नु भएको बताउनु भयो । सो जानकारी आउनेवित्तिकै आफूले मिडियामार्फत् नै त्यसलाई सार्वजनिक गर्ने प्रतिवद्धता प्रवक्ता खड्काको थियो ।

उहाँले भन्नु भयो, ‘मैले चाँही मिडियामार्फत नै यो जानकारी पाएको हुँ । आधिकारि जानकारी म कहाँ आईपुगेको छैन । मिडियाकै जानकारीलाई आधार मानेर मैले प्रमुख सचिवज्यूसँग यो बारेमा जानकारी छ कि ? भनेर सोधेको थिए । उहाँले यो बारेमा जानकारी मुख्यमन्त्री कार्यालयको आएको र मुख्यमन्त्रीज्यू बाग्लुङ हुनु भएकाले फर्केर आएपछि माननीय खेलकुदमन्त्री र कर्मचारीसँग सोधेर यो बारेमा एउटा निर्णय लिनुहुन्छ भनेको कुरा जानकारुी भएको हुनाले उहाँले जे निर्णय लिनुहुन्छ । म सरकारको प्रवक्ता भएको नाताले मिडियामार्फत् नै जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’

प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउनेवित्तिकै तत्काल सो बारे मिडियामार्फत् नै जानकारी गराउने पनि बताउनु भयो ।