२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको आधिकारिक जानकारी पाएको छैनः प्रवक्ता खड्का



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको छ ।

मंगलबार (हिजो) अपरान्ह मन्त्री गुरुङले उहाँकै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उहाँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनु भएका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने भन्नु भएको बताउनु भयो । सो जानकारी आउनेवित्तिकै आफूले मिडियामार्फत् नै त्यसलाई सार्वजनिक गर्ने प्रतिवद्धता प्रवक्ता खड्काको थियो ।

उहाँले भन्नु भयो, ‘मैले चाँही मिडियामार्फत नै यो जानकारी पाएको हुँ । आधिकारि जानकारी म कहाँ आईपुगेको छैन । मिडियाकै जानकारीलाई आधार मानेर मैले प्रमुख सचिवज्यूसँग यो बारेमा जानकारी छ कि ? भनेर सोधेको थिए । उहाँले यो बारेमा जानकारी मुख्यमन्त्री कार्यालयको आएको र मुख्यमन्त्रीज्यू बाग्लुङ हुनु भएकाले फर्केर आएपछि माननीय खेलकुदमन्त्री र कर्मचारीसँग सोधेर यो बारेमा एउटा निर्णय लिनुहुन्छ भनेको कुरा जानकारुी भएको हुनाले उहाँले जे निर्णय लिनुहुन्छ । म सरकारको प्रवक्ता भएको नाताले मिडियामार्फत् नै जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’

प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउनेवित्तिकै तत्काल सो बारे मिडियामार्फत् नै जानकारी गराउने पनि बताउनु भयो ।