१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र सिटी विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले जित निकालेका छन् ।

गएराति भएको खेलमा आर्सनलले साउथह्याम्प्टनलाई ३-१ र सिटीले फुलहमलाई ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन काई हाभेट्रज, गाब्रियल मार्टिनेली र बुकायो साकाले गोल गरे । साउथह्याम्प्टनका कामरोन आर्चरले एक गोल फर्काए ।

जितसँगै आर्सनल ७ खेलबाट १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउथह्याम्प्टन १ अंकका साथ १९ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन माटिओ कोभासिचले २ तथा जेरेमी डोकुले एक गोल गरे । फुलहमका एन्ड्रियास परेइरा र रोड्रिगो मुनिजले गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।

जितसँगै सिटी ७ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । फुलहम समान खेलबाट ११ अंकसहित सातौं स्थानमा छ ।