२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र सिटी विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले जित निकालेका छन् ।

गएराति भएको खेलमा आर्सनलले साउथह्याम्प्टनलाई ३-१ र सिटीले फुलहमलाई ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन काई हाभेट्रज, गाब्रियल मार्टिनेली र बुकायो साकाले गोल गरे । साउथह्याम्प्टनका कामरोन आर्चरले एक गोल फर्काए ।

जितसँगै आर्सनल ७ खेलबाट १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउथह्याम्प्टन १ अंकका साथ १९ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन माटिओ कोभासिचले २ तथा जेरेमी डोकुले एक गोल गरे । फुलहमका एन्ड्रियास परेइरा र रोड्रिगो मुनिजले गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।

जितसँगै सिटी ७ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । फुलहम समान खेलबाट ११ अंकसहित सातौं स्थानमा छ ।