२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्नुभएको हो ।