२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको ध्यानाकर्षणः मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोड्नु असान्दर्भिक भएको बताएको छ । 

जारी विज्ञप्तीमा विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधान न्यायाधीशको संलग्नतासमेतका शिर्षक राखी विभिन्न पत्रपत्रिका एवं अनलाइन माध्यमबाटसमेत प्रकाशित भएका समाचारहरूको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।

''संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय हो ।'' जारी विज्ञप्तीमा भनिएको छ । 

जारी विज्ञप्ती: