२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिए



अ+ अ-

काठमाडौं । अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले अन्ततः राजीनामा दिने घोषणा गरेका हुन् ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाका भतिज समेत हुन् ।

उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘विगत २०६४ सालदेखि राप्रविसको केन्द्रीय सदस्य, राप्रयुसको केन्द्रीय सचिव हुँदै हाल राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसम्म आईपुग्दा पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसिरहन अप्ठ्यारो महसुस भएका कारण आजकै मितिबाट राप्रपाको साधारण सदस्य समेत नरहने गरि केन्द्रीय सदस्यबाट राजिनामा दिएको छु ।

आजसम्म मप्रति सहयोग र सद्भाव राख्नुहुने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दछु ।’