२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन: जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने



अ+ अ-

खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाएका छन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।उक्त दलबाहेक अन्य व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्नेछन् ।

राष्ट्रिय मान्यता प्राप्तबाहेक आठ दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने बताइएकोे छ ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त समाज पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राप्रपा नेपाल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
विसं २०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा अहिले १३ हजार ५० बढेर ६७ हजार ७४४ मतदाता पुगेको उक्त कार्यालयले जनाएको छ ।