एजेन्सी । आशुतोष राणा बलिउडका चर्चित अभिनेता हुन् । उनी आफ्नो स्वर, भाषा र कविताबाट चर्चितछन् ।
आशुतोष सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइँदै आएको छ ।
महाशिवरात्रिको अवसरमा आशुतोष राणाले आफ्नो स्वरमा शिव ताण्डव स्तोत्रको हिन्दी अनुवाद विमोचन गरेका थिए । महाशिवरात्रिको पूर्वसन्ध्यामा रिलिज भएको यो भिडियो केही घण्टामै लाखौंले हेरे ।
प्रसिद्ध कवि तथा गीतकार आलोक श्रीवास्तवले यसको हिन्दी अनुवाद लेखेका छन् । आशुतोष राणाले यो भिडियो आफ्नो फेसबुक अकाउन्टमा सेयर गरे । तर फेसबुकले उक्त भिडियो हटायो ।
जसमा प्रश्न उठाउदै उनले फेसबुकलाई यस सम्बन्धमा संवेदना लिन आग्रह गरेका छन् ।
आशुतोषले ट्वीट गर्दै फेसबुक टिममाथि गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्– छक्क परें । फेसबुक मेटा टोलीले मेरो शिव ताण्डव भिडियोलाई मेरो टाइमलाइनबाट स्वचालित रूपमा हटाएको छ। यो किन भयो मैले बुझिन। उनले थप लेखेका छन्– ‘मैले न त डिलिट गरेको छु न त त्यो भिडियोले कसैको भावनामा चोट पुर्याएको छ‘ न त यो फेसबुकको नियमविपरीत हो । फेसबुकले यस सम्बन्धमा ध्यान दिनुपर्छ।