• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने



लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उहाँको भनाइ छ ।

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन् । गाउँपालिकाले तीन÷तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताउनुभयो ।