९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला चित्रकलामा रमाउदै अमेरिकी दूतावासका अधिकृत



अ+ अ-

काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक शहर जनकपुरको आफ्नो हालै सम्पन्न छोटो भ्रमणका क्रममा दूतावासकी सांस्कृतिक मामिला अधिकृत सेरा नाइट्ले जनकपुर महिला विकास केन्द्रको अवलोकन गर्नुभयो ।

यो संस्था मैथिल महिलाहरूलाई परम्परागत कलाकृति उत्पादन गर्न तालिम दिने र काममा लगाउने नेपालकै पहिलो संस्था हो।

 

सो क्रममा सेरा नाइट्ले मिथिला चित्रकला बनाउने र लोकप्रिय स्थानीय नाच ‘झी झिया’ मा सामेल हुने तरिका सिक्ने प्रयास गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो संस्थालाई अमेरिकी दूतावासले केही वर्षअघि २० स्थानीय महिला कलाकारहरूलाई वहाँहरूको कलाको उत्पादन र प्रवर्द्धनका विविध विषयहरूमा तालिम दिन सहयोग गरेको थियो।