२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला चित्रकलामा रमाउदै अमेरिकी दूतावासका अधिकृत



अ+ अ-

काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक शहर जनकपुरको आफ्नो हालै सम्पन्न छोटो भ्रमणका क्रममा दूतावासकी सांस्कृतिक मामिला अधिकृत सेरा नाइट्ले जनकपुर महिला विकास केन्द्रको अवलोकन गर्नुभयो ।

यो संस्था मैथिल महिलाहरूलाई परम्परागत कलाकृति उत्पादन गर्न तालिम दिने र काममा लगाउने नेपालकै पहिलो संस्था हो।

 

सो क्रममा सेरा नाइट्ले मिथिला चित्रकला बनाउने र लोकप्रिय स्थानीय नाच ‘झी झिया’ मा सामेल हुने तरिका सिक्ने प्रयास गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो संस्थालाई अमेरिकी दूतावासले केही वर्षअघि २० स्थानीय महिला कलाकारहरूलाई वहाँहरूको कलाको उत्पादन र प्रवर्द्धनका विविध विषयहरूमा तालिम दिन सहयोग गरेको थियो।