५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन: बाँकेमा बढ्यो चुनावी सरगर्मी



अ+ अ-

राँझा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भइरहेका छन् ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ८१ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर अब उम्मेदवार छनोट प्रक्रियामा लागेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले जिल्ला पदाधिकारी बैठक बसेर वडास्तरमा एकै दिन सबै वडामा सर्वसम्मत उम्मेदवार छनोटका लागि आन्तरिक पार्टी निर्देशन जारी गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पु¥याउने काम भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । उहाँका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।

माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पु¥याएको जिल्ला संयोजक डम्मर विकले जानकारी दिनुभयो ।

राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । एकदुई दिनमा उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिँदै राप्रपा महामन्त्री डा धवलशम्शेर राणाले निर्वाचन अभियानमा सिङ्गो पार्टी पङ्क्ति होमिएको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुङ्गो लगाएर प्रचारमा जुटिसकेको छ । नेपालञ्ज, डुडुवा, जानकी र नरैनापुरमा उम्मेदवार टुङ्गो लागिसकेको जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताउनुभयो । उहाँले अन्य बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुङ्गो लगाउने जानकारी दिँदै जसपाले चारवटा पालिकामा आफ्नो नेतृत्व पाए मात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको उल्लेख गर्नुभयो ।