१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती



अ+ अ-

काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानी लगायतको म्याद नाघेका पाइन्छ । दसैंको मौका छोप्दै व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् ।

म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

विभागले सोही कानुनी अधिकारको प्रयोग उपभोक्ता झुक्याएर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको विभागका प्रवक्ता सेढाईले जानकारी दिए । उनले साउन भदौ दुई महिना कानुनविपरीत व्यापार गर्ने २ सय ४ व्यापारीलाई कारबाही २१ लाख ३७ हजार रुपैयाँ जरिमाना गराएको बताए । उनले साउन महिनामा ७० व्यापारीलाई कारबाही गरेको र भदौमा १ सय ३४ व्यापारीलाई कारबाही गरेको जानकारी दिए ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य सामान पसलपसलमा पाइने गरेको बताए । ‘सरकारले म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य वस्तु व्यापारीले बिक्री गरेको पाएको खण्डमा तत्काल नष्ट गर्नुपर्ने हुन्छ,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘तत्काल नष्ट नगर्दा सो सामान व्यापारीले नयाँ लेबलिङ गरेर उपभोक्तालाई झुक्यार बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको देखिएको छ ।’ व्यापारीले सधै जस्तो दसैंको मौका छोपी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।