२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा नियुक्त



अ+ अ-

काठमाडौं । विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त हुनुभएको छ ।

नेपालका लागि भारतीय राजदूत रहनुभएका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।

अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि उहाँ विदेश सचिव हुनु हुनेछ । श्रींगला अप्रिल अन्तिममा अवकाश पाउँदै विदा हुने तयारीमा हुनुहुन्छ ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त हुनुभएको थियो । सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गर्नुभएका क्वात्रा नेपाल आउनुअघि विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम समेत गर्नुभएको थियो ।