८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी  केन्द्र) का  अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे । 

दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

अध्यक्ष  प्रचण्डले देशको राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको र त्यसमा आफू सचेत बनेको स्पष्ट  पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे । आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा पुनः फर्कने विषयमा  छलफल भइरहेको बताउँदै  प्रचण्डले एउटा दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी बताए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ नखुलाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।