७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणको तुफानी ब्याटिङमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पीएनजीलाई १६९ रनको विजयी लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ५४ रन जोडे । उनले ५ चौका प्रहार गरे । यस्तै, करण केसीले मात्र १२ बलमा ३३ रनको योगदानी दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर कुशल भुर्तेलले २२ बलमा २५, आरिफ शेखले २९ बलमा २९ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दिलीप नाथले खाता खोल्न सकेनन् । आदिल आलमले १३ बलमा १५ रन जोड्दै पेभिलियन फर्किए ।

पीएनजीका लागि सेमो कमिआले तीन विकेट लिँदा चाड सोपर, कावुआ मोरीआ र रिले हेकुरेले एक–एक विकेट लिए ।