• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

करणको तुफानी ब्याटिङमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पीएनजीलाई १६९ रनको विजयी लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ५४ रन जोडे । उनले ५ चौका प्रहार गरे । यस्तै, करण केसीले मात्र १२ बलमा ३३ रनको योगदानी दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर कुशल भुर्तेलले २२ बलमा २५, आरिफ शेखले २९ बलमा २९ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दिलीप नाथले खाता खोल्न सकेनन् । आदिल आलमले १३ बलमा १५ रन जोड्दै पेभिलियन फर्किए ।

पीएनजीका लागि सेमो कमिआले तीन विकेट लिँदा चाड सोपर, कावुआ मोरीआ र रिले हेकुरेले एक–एक विकेट लिए ।