• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनले तालमेल गर्ने



चितवन । चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनले तालमेल गर्ने भएका छन् ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धनमा रहेका चितवनका क्रियाशिल राजनीतिक पार्टीका नेतृत्वहरुबीच चुनावी तालमेल गरी जाने निर्णय भएको बैठकपछि सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा संयूक्त रुपमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।