२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा एकैपटक २६ मन्त्रीद्वारा सामूहिक राजीनामा



अ+ अ-

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ ।

यसबारे मन्त्रिपरिषद्ले जानकारी दिएको श्रीलंकाका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनेले बताए । राष्ट्रपति गोताबाया राजापाक्षे र प्रधानमन्त्री महिन्द राजापाक्षे बाहेक २६ मन्त्रीले श्रीलंकाका प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनले बताए । यद्यपी, उनले मन्त्रिपरिषद्को यो सामूहिक राजीनामाको कारण भने खुलाएका छैनन् ।

मन्त्रिपरिषद्को राजीनामा अघि देशका खेलकुदमन्त्री तथा प्रधानमन्त्री राजापाक्षेका छोरा नमल राजापाक्षेले आफ्ना सबै विभागबाट राजीनामा दिएका थिए । करिब एक घण्टापछि अन्य मन्त्रीहरूले पनि राजीनामा दिए । मन्त्रिपरिषद्को राजीनामा पत्र अहिले प्रधानमन्त्रीसँग छ भने त्यसलाई राष्ट्रपति गोताबाया राजापाक्षेलाई हस्तान्तरण गरिनेछ ।

आगामी दिनमा नयाँ मन्त्रिपरिषद् गठन हुने बताइएको छ । यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा ६५० भन्दा बढीलाई पक्राउ गरिएको थियो । सो समूहले आर्थिक मन्दीको विरोधमा कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए । श्रीलंकामा सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ ।

आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै सामाजिक सञ्जाल सेवा बन्द भएका छन् । इन्टरनेट निगरानी संस्था नेटब्लक्सले यो जानकारी दिएको हो ।

उता, राजधानी कोलम्बोमा स्थिती तनावग्रस्त नहोस् भनेर सेना र प्रहरीलाई हरेक कुनामा तैनाथ गरिएको छ । श्रीलंकामा गहिरो आर्थिक समस्याका बीच राष्ट्रपति गोताबाया राजापाक्षेले शुक्रबार संकटकालको घोषणा गरेका छन् । सरकारले शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३६ घण्टा कर्फ्यु लगाएको छ ।