५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा एकैपटक २६ मन्त्रीद्वारा सामूहिक राजीनामा



अ+ अ-

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ ।

यसबारे मन्त्रिपरिषद्ले जानकारी दिएको श्रीलंकाका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनेले बताए । राष्ट्रपति गोताबाया राजापाक्षे र प्रधानमन्त्री महिन्द राजापाक्षे बाहेक २६ मन्त्रीले श्रीलंकाका प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनले बताए । यद्यपी, उनले मन्त्रिपरिषद्को यो सामूहिक राजीनामाको कारण भने खुलाएका छैनन् ।

मन्त्रिपरिषद्को राजीनामा अघि देशका खेलकुदमन्त्री तथा प्रधानमन्त्री राजापाक्षेका छोरा नमल राजापाक्षेले आफ्ना सबै विभागबाट राजीनामा दिएका थिए । करिब एक घण्टापछि अन्य मन्त्रीहरूले पनि राजीनामा दिए । मन्त्रिपरिषद्को राजीनामा पत्र अहिले प्रधानमन्त्रीसँग छ भने त्यसलाई राष्ट्रपति गोताबाया राजापाक्षेलाई हस्तान्तरण गरिनेछ ।

आगामी दिनमा नयाँ मन्त्रिपरिषद् गठन हुने बताइएको छ । यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा ६५० भन्दा बढीलाई पक्राउ गरिएको थियो । सो समूहले आर्थिक मन्दीको विरोधमा कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए । श्रीलंकामा सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ ।

आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै सामाजिक सञ्जाल सेवा बन्द भएका छन् । इन्टरनेट निगरानी संस्था नेटब्लक्सले यो जानकारी दिएको हो ।

उता, राजधानी कोलम्बोमा स्थिती तनावग्रस्त नहोस् भनेर सेना र प्रहरीलाई हरेक कुनामा तैनाथ गरिएको छ । श्रीलंकामा गहिरो आर्थिक समस्याका बीच राष्ट्रपति गोताबाया राजापाक्षेले शुक्रबार संकटकालको घोषणा गरेका छन् । सरकारले शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३६ घण्टा कर्फ्यु लगाएको छ ।