७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उहाँको उपचारको लागि अस्पताल लगिएको छ । रासस

तस्वीर- सामाजिक संञ्जलबाट