२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्कनु भएको हो ।

उहाँलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उहाँलाई सलामी अर्पण गरेको थियो ।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु भएको थियो । भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्ष मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्री देउवा आज बिहान धार्मिक नगरी वाराणसी पुग्नु भएको थियो ।

त्यस अवसरमा उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु भएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहनु भएको थियो ।

प्रधामन्त्रीको भ्रमणदलमा रहनु भएका परराष्ट्रमन्त्री डा नारायण खड्काले तीन दिने भ्रमणका बारेमा जारी गर्नुभएको प्रेस नोटको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/india-visit-press-note.pdf” title=”india visit press note”]