• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम आयोजना हुने



काठमाडौं । यही चैत्र २३ गते बुधबार लुम्बिनीमा पर्यटन प्रवद्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुधबार बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने जानकारी गराएको हो । बुद्ध जन्मभूमि लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठले यो बर्ष ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मा कार्यक्रमको सुरुआत गर्ने र आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

अघिल्लो वर्ष कोभिडको कारण यस कार्यक्रम गर्न नसकिएको र यस पटक सेट त्यसले प्रभावित गरेको भन्दै यो वर्ष सुरुआत गर्न लागेको बताएका हुन् । कार्यक्रम लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुनेछ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले गर्नु हुने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिनु हुनेछ भने भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्ने र कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गर्ने कार्यक्रममा रहेको छ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ र नेपाल ओलम्पिक कमिटीले पनि सन् २०१४ देखि यो दिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको छ ।