१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीसँग बराबरीमा रोकियो युनाइटेड, ब्रेन्टफोर्डसँग चेल्सीको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

शनिबार राति युनाइटेडको मैदानमा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६३ औं मिनेटमा केलेची इहान्चोले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि, ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन ।

बराबरीसँगै युनाइटेड ३० खेलबाट ५१ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने लेस्टर २८ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा ब्रेन्टफोर्डसँग ४–१ गोलले पराजित भएको छ ।

खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५० औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै बेन्टफोर्डलाई बराबरीमा ल्याए । ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

यस्तै ६० औं मिनेटमा जान्लेटले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८७ औं मिनेटमा योआन वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–१ को जित दिलाए ।

पराजित चेल्सी २९ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने ब्रेन्टफोर्र्ड ३१ खेलबाट ३३ अंकसहित १४ औं स्थानमा रहेको छ ।