२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया ८५ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा १३८ रनमात्र जोड्यो ।

मलेसियाका लागि विरानदीप सिंहले सर्बाधिक ४७ रन जोडे । २६ बल खेलेका उनले ९ चौकाको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै, कप्तान अहमद फइजले ३१ बलमा ३३ रन जोडे । सीयद अजिजले १३ बलमा १७ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र कमल ऐरीले २–२ विकेट लिए । यस्तै कुशल भुर्तेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङ्स खेले । ५७ बल खेलेका उनी ११० रनमा अविजित रहे । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३४ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ५ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल ८ बलमा ९ रन जोड्दै आउट भए भने आशिफ शेख ९ बलमा १८ रन जोड्दै पेभिलियन फर्किए ।

मलेसियाका लागि मुहम्मद वफिक, पवनदीप सिंह, स्याज्रुल इड्रस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

नेपालसँग पराजित भएसँगै मलेसिया फाइनलमा पुग्न असमर्थ भएको छ । नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ । नेपालले फाइनलमा पपुआ न्युगिनीसँग खेल्नेछ ।




भर्खरै