• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

आईपीएलः राजस्थान र मुम्बई भिड्दै



एजेन्सी । आईपीएलको नवौं खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । यो खेल मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ । खेल ३ः४५ बजे सुरु हुँदैछ । मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ । यस सिजनमा मुम्बई र राजस्थान दुवै टोलीले एक–एक खेल खेलेका छन् ।

पहिलो खेलमा मुम्बईले हार बेहोरेको थियो भने राजस्थानले हैदरावादविरुद्ध ठूलो जित दर्ता गरेको थियो । राजस्थान यस सिजन पहिले ब्याटिङ गर्दै जित्ने पहिलो टोली बन्यो । बाँकी सबै खेलहरू पछि ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

धेरै जसो खेलमा टसले महत्त्वपूर्ण भूमिका खेल्छ भने बलिङ गर्ने टोली समस्यामा पर्छ । यो खेलमा पनि त्यस्तै हुने सम्भावना छ । मुम्बई र राजस्थान दुवै टोलीका कप्तान टस जितेर पहिले बलिङ गर्न चाहन्छन् । यद्यपि, राजस्थानको टोली निकै बलियो छ भने पहिले ब्याटिङ गरे पनि खेल जित्ने सम्भावना उसले कायम राख्छ ।

मुम्बई र राजस्थानबीचको खेलमा मौसम सफा रहने बताइएको छ । दिनको तापक्रम ३४ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ, जुन रातमा २५ डिग्री सेल्सियससम्म जान सक्छ । आकाश सफा रहने र पानी पर्ने सम्भावना १० प्रतिशत रहेको छ । हावामा आर्द्रता ५५ प्रतिशतको हाराहारीमा रहनेछ । हावाको गति २१ किलोमिटर प्रतिघण्टा रहनेछ । रातिको समयमा शीत पर्ने हुँदा बलिङ र फिल्डिङमा पछि समस्या आउनेछ ।

डीवाई पाटिल स्टेडियमको पिचले बलर र ब्याट्सम्यान दुवैलाई मद्दत गर्छ । यहाँ पछिल्लो ६ खेलमा पहिलो इनिङ्सको औसत स्कोर १६८ रन रहेको छ । योसँगै यस मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले १७ प्रतिशत मात्रै खेल जितेको छ । टस जित्ने टोलीले पहिले बलिङ रोज्छन् । यस मैदानमा फास्ट बलरहरू बढी सफल भएका छन् ।

बैंगलोर र पञ्जाबबीचको खेलमा यहाँ ४० ओभरमा ४ सयभन्दा बढी रन बनेको थियो । दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । यस्तो अवस्थामा यो खेलमा पनि ठूलो स्कोर हुन सक्ने अनुमान गरिन्छ ।