• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ

दिपेन्द्रको शतकीय इनिङ्समा नेपालले मलेसियालाई दियो २२४ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र मलेसियाबीच खेल जारी छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले मलेसियालाई २२४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङ्स खेले । ५७ बल खेलेका उनी ११० रनमा अविजित रहे । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३४ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ५ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल ८ बलमा ९ रन जोड्दै आउट भए भने आशिफ शेख ९ बलमा १८ रन जोड्दै पेभिलियन फर्किए ।

मलेसियाका लागि मुहम्मद वफिक, पवनदीप सिंह, स्याज्रुल इड्रस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

विशाल रनको लक्ष्य पछ्याएको मलेसिया यो खेलमा पराजित भएको खण्डमा फाइनल पुग्न असमर्थ हुनेछ । नेपालले यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ भने मलेसिया पराजित भएमा पपुआ न्युगिनीले फाइनलमा स्थान बनाउनेछ ।