१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाबाट गान्धीको समाधिमा पुष्पहार अर्पण



अ+ अ-

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सो अवसरमा उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उहाँको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गर्नुभयो ।

प्रधानमन्त्रीका साथमा प्रथम महिला डा.आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्मागान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुग्नुभएको थियो ।

गान्धीको समाधीमा पुष्पहार चढाएलगत्तै प्रधानमन्त्री देउवा राजनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ । रासस