२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले मनायो घोडेजात्रा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज घोडेजात्रा । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर ऊक्त राक्षसलाई संहार गरेको किंवदन्ती प्रचलित छ ।

तर पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ । शहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने हेतुले आज राति नै त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । त्यसो गर्नाले वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रही आएको छ ।

नेपाली सेनाका तर्फबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन पनि गरेको थियो । त्यस्तै सेनाले साइकल रेश, टांगन घोडा दौड, शो जम्प, चार्र्जर घोडा दौड, क्याभ्लरी ड्रिल राइड, टेण्ड पेगिङ्ग लगायतका कार्यक्रम गरेको थियो ।