२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले मनायो घोडेजात्रा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज घोडेजात्रा । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर ऊक्त राक्षसलाई संहार गरेको किंवदन्ती प्रचलित छ ।

तर पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ । शहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने हेतुले आज राति नै त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । त्यसो गर्नाले वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रही आएको छ ।

नेपाली सेनाका तर्फबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन पनि गरेको थियो । त्यस्तै सेनाले साइकल रेश, टांगन घोडा दौड, शो जम्प, चार्र्जर घोडा दौड, क्याभ्लरी ड्रिल राइड, टेण्ड पेगिङ्ग लगायतका कार्यक्रम गरेको थियो ।