१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा (भिडियो)

स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा (भिडियो)
अ अ+ अ-

काठमाडौं । नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पु¥याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो । 

 

अमेरिकाको एक सङ्गहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान) सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ । यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ । 

फिर्ता गरिएका पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुई वटा छन् । जसमध्ये एउटा सत्रौँ सताब्दीको कलात्मक काष्टतोरण रहेको छ, जुन ललितपुरको यम्पीमहाविहार (इवही) को प्रवेशद्वारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो । सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो । 

अर्को १४औँ शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु रहेको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिका–२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा रहेको थियो । 

सन् १९९७ मा उक्त सम्पदा हराएको थियो । यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत उपहारको रुपमा अमेरिकाको उक्त सङ्ग्रहालयमा पुगेको पाइएको छ । उक्त वस्तु फिर्ताका लागि म्युजिएमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिकरूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पलहमा ल्याइएको हो । सम्पदा लिएर उक्त म्युजिएमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त सङ्ग्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आउनुभएको थियो । सङ्ग्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ ।  

त्यस्तै अर्को एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो । १३औँ सताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ । उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नु भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ । उक्त मूर्ति काठमाडौँको ओमबहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ । त्यहाँबाट कसैले चारी गरी लगेको थियो । उक्त मूर्तिको मूल्य ३० हजार डलर (रु ३० लाख बढी) रहेको छ । 

१७औँ सताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (रु एक करोड १० लाख बढी) र १४औँ सताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (रु २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ ।

विभागद्वारा आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा सङ्ग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिनुभयो । सचिव न्यौपानेले  यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

कला सम्पदाले भरिपूर्ण नेपाल सांस्कृतिक पुरातात्विक महत्वका हिसाबले विश्वमै विशिष्ट पहिचान बोकेको मुलुक हो । पहिचानको धरोहरका रूपमा रहेको नेपालका यस्ता सांस्कृतिक सम्पदा नाश हुने क्रम जारी छ । चोरी तस्करी सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ । 

केही अघिमात्रै ललितपुरको बालकुमारीको मूर्ति चोरी भएकोमा प्रहरकिो कडा निगरानीका कारण विदेशी निकासी गर्न नसकेपछि तस्करीले छाडेका अवस्थामा भेटिएको थियो । विगतका वर्षहरूमा भने यति धेरै सुरक्षा निगरानी नहुँदा मूर्ति चोरिएका कुरा स्पष्ट छ । 

सांस्कृतिक सम्पदाको विशिष्ट गुण, कौतुहल र सौन्दर्भबाट प्रभावित भएर यस्ता सम्पदाको सङ्कलन गर्ने कार्य विगतदेखि नै हुँदै आएको थियो । व्यक्तिले सोखका रूपमा सांस्कृतिक वस्तु बढी रकम तिरेरै राख्ने गर्दछन् । त्यसैले पनि यस्ता वस्तु सुरुआतीकालदेखि नै चोरी तस्करी र अवैध निकासी हुँदै आएको पाइएको छ । 

 सन् १९५० पूर्व नेपालबाट कति यस्ता वस्तु बाहिरिए त्यसको अभिलेख छैन तर विश्वका विभिन्न प्रख्यात सङ्ग्रहालयमा यस्ता कलात्मक वस्तु रहेको पाइएको छ ।  हजारौँ सङ्ख्याका वस्तु बाहिरिएको सरकारी अधिकारीसमेत पुष्टि गर्छन् । पर्यटनको विकासका लागि १९७० देखि ९० को दशकमा बढी यस्ता वस्तु निकासी भएको अनुमान छ । हालसम्म बेलायतबाट १९, अष्ट्रियाबाट एक, अमेरिकाबाट १४, तिब्बतबाट १८, कोलकाताबाट १३, जमैनीबाट एक थान गरी ७६ थान मूर्ति तथा कलात्मक वस्तु फिर्ता ल्याइसकिएको छ ।  अमेरिका फ्रान्स, बेलायत, अष्ट्रेलियाजस्ता देशबाट अन्य केही वस्तुको फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।  रासस