९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश



अ+ अ-

काठमाडौं । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गर्नुभएको थियो ।

सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेकोसमेत बताउनुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट महारानी र बेलायती जनताको सुस्वास्थ्यको कामनासहितको शुभकामना सन्देश सुनाउनुभएको थियो ।

उक्त अवसरमा उहाँले बेलायत र नेपालको सम्बन्ध २०० वर्ष पुगेकामा आफूलाई खुसी लागेको र बेलायतले कोभिडको महामारीमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि थप सहयोग प्राप्त हुने आशा गर्नुभएको दूतावासका प्रवक्ता रोशन खनालले बताउनुभयो ।