२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले:एमाले नेता रिजाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट भारतको भ्रमणमा जादै हुनुहुन्छ । बिगतमा जस्तो औपचारिक रुपमा बिदेश भ्रमणमा जाँदा प्रमुख प्रतिपक्षदल संग समेत पर्रामर्श गर्ने अभ्यास भएपनि यस पटक प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीदल संग भ्रमणका बारेका कुनै परामर्श गर्नुभएन ।

जसका कारण एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएकोछ –प्रम शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल र सरोकार राख्नुभएको छैन।

स्वाभाविक प्रश्न छः देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले ?




भर्खरै