१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक



अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी  महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक हुनुभएको छ ।

उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी हुनुभयो ।
  
समारोहमा मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।  सेनाले महाशिवरात्रिका दिन  सेना दिवस मनाउँदै आएको छ ।