२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन: मन्त्री आले



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरुको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।”

मन्त्री आलेले नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताउनुभयो ।

पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट दिने छैन ।”

नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । रासस




भर्खरै