८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने



अ+ अ-

काठमाडौं । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात् स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (एलसी) पनि जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले एकीकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा आम्दानी गरेका नेपाली कम्पनीले नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि विदेशी ऋण लिन चाहेमा यहाँका बैंकहरूले बैंक ग्यारेन्टी वा एलसी जारी गर्न पाउनेछन् ।

त्यसका लागि अधिकतम सीमा भने ५० लाख डलर बराबरको  रहेको छ । यस्तो सीमा बैंक ग्यारेन्टी वा एलसीको निवेदकले पछिल्ला ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राको सीमाभन्दा बढी हुनेछैन । राष्ट्र बैंकले अन्य प्रक्रियागत शर्त पनि तोकेको छ । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।