३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतद्वारा १० दिनमा ९ पटक इन्धनको मूल्य वृद्धि

भारतद्वारा १० दिनमा ९ पटक इन्धनको मूल्य वृद्धि
अ+ अ-

नयाँ दिल्ली । भारतमा पछिल्लो १० दिनमा नवौँ पटक बिहीबार फेरि इन्धनको मूल्य बढाइएको छ ।

राज्य इन्धन खुद्रा विक्रेताहरूको मूल्य अधिसूचना अनुसार भारतको राजधानी सहर दिल्लीमा पेट्रोल र डिजेलको मूल्य क्रमशः ०.८० भारतीय रुपैयाँले बढेको छ।

भारतको केन्द्रीय राजधानीमा अहिले एक लिटर पेट्रोलको मूल्य १०१.८१ रुपैयाँ (१.३५ अमेरिकी डलर) र डिजेल ९३.०७ रुपैयाँमा बिक्री भइरहेको छ।

मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.८४ रुपैयाँले बढेर पेट्रोल र डिजेलको मूल्य क्रमशः ११६.७२ रुपैयाँ र १००.९४ रुपैयाँ पुगेको रिपोर्टले जनाएको छ।

भारतका महानगरहरूमध्ये मुम्बईमा इन्धनको मूल्य सबैभन्दा बढी छ। विभिन्न स्थानीय मूल्य अभिवृद्धि करहरूका कारण मूल्यहरू भारतीय राज्यहरूमा फरक फरक छन्।

कच्चा तेलको मूल्य उकालो लागे पनि भारतमा चार महिनादेखि इन्धनको मूल्य स्थिर रहेको थियो ।

आलोचकहरूले उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुरमा स्थानीय चुनावका कारण दरहरू रोकिएको बताएका छन्।

यसैबीच विपक्षी कांग्रेस पार्टीका सांसदहरूले बिहीबार कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्धन मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन्।

“सरकारले मूल्य नियन्त्रण गरी पेट्रोल र डिजेलको मूल्यवृद्धि बन्द गरोस् भन्ने हाम्रो माग छ”, मूल्यवृद्धिबाट गरिब र मध्यम वर्ग सबैभन्दा बढी मारमा परेको उल्लेख गर्दै गान्धीले भने, “सरकारले यसो गर्न बन्द गर्नुपर्छ। मूल्य नबढोस् भनेर सुनिश्चित गर्नुपर्छ।” सिन्ह्वा