२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छ: प्रम देउवा



file
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा अबसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन एकतावद्ध भएर बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’

प्रधानमन्त्री देउवाले आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताउनुभयो । उहाँले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताउनुभयो । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गर्नुभयो ।