• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको प्रदेश सभापतिहरुसँग छलफल



काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो ।

सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनु भयो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ । सहमहामन्त्री पाण्डेले भन्नु भयो, ‘स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पार्टी उपसभापति पूर्णबहादुर खड्काज्यूको अध्यक्षतामा आज पदाधिकारीहरु र प्रदेश सभापतिहरु सम्मिलित प्रथम बैठक बस्यो । विशेषगरी स्थानीय तह निर्वाचन परिचालनका सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने र केन्द्रको प्रदेशसँगको समन्वय कसरी व्यवस्थित गर्ने, प्रदेशको जिल्लासँगको समन्वय, जिल्लाको निर्वाचन क्षेत्रसँगको समन्वय कसरी व्यवस्थित गर्ने ? विशेषगरी हामीले निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरु केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरुका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने, यो एउटा विषयमा हामीले छलफल गर्‍यौँँ । र, अर्को तालमेलमा जाँदैछौं । सत्तागठबन्धनमा भएका राजनीतिक दलहरुसँग तालमेलमा जाँदैछौं । तालमेलमा जाने सन्दर्भमा त्यसका जटिलताहरु के हुन सक्छन, व्यवहारिक जटिलता के हुन सक्छ ? त्यो विषयमा पनि प्रारम्भिक छलफल गर्‍यौँँ।’

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । समितिका सदस्य समेत रहनु भएका सहमहामन्त्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताउनु भयो ।